कानूनअनुसार हामी नेकपाको मूल पार्टी हौं, सूर्य चिन्ह हामीले पाउँछौँ : प्रवक्ता श्रेष्ठ (भिडियोसहित) « Khabarhub

कानूनअनुसार हामी नेकपाको मूल पार्टी हौं, सूर्य चिन्ह हामीले पाउँछौँ : प्रवक्ता श्रेष्ठ (भिडियोसहित)


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तरक्रियामा उनले प्रधानमन्त्रीबाट संविधान लोकतन्त्र र गणतन्त्र मास्ने काम भएको भन्दै संविधानअनुसार नै प्रतिनिधि सभा पुर्नस्थापना हुने दावी गरेका हुन ।

श्रेष्ठले अहिले नेकपाभित्र राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताए ।

पार्टीको नाम र चुनाव चिन्ह आफूहरुले नै पाउने दाबी गर्दै उनले यसमा कसैले दुविधा मान्न नहुने तर्क गरे । ओली सरकारविरूद्ध संयुक्त आन्दोलन गर्नेबारे पनि छलफल भइरहेको श्रेष्ठले बताए ।

त्यस्तै सो समूहका योगेश भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर जबजको छाता ओढाएको आरोप लगाए । उनले नेकपाबीचको नभई अग्रगमन र प्रतिगमनको लडाइँ भएको बताए ।

नेता भट्टराईले प्रतिगमनविरूद्ध प्रचण्ड नेपाल पक्षीय नेकपा, कांग्रेस, जसपालगायतको मोर्चाबन्दी हुने तयारी रहेको बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ४१ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ