कोरोना नियन्त्रणका प्रतिबन्ध उल्लंघन गर्नेलाई कतारमा २ लाख रियाल जरिवाना « Khabarhub

कोरोना नियन्त्रणका प्रतिबन्ध उल्लंघन गर्नेलाई कतारमा २ लाख रियाल जरिवाना


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ ।

घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको एह्तराज हुनुपर्ने, घरभित्र वा बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जनाभन्दा वढी भेला हुन नपाईने नियम लगाइएको छ ।

सार्वजनिक पार्क, सार्वजनिक तटहरू, कर्निसलगायत अन्य सार्वजनिक स्थानमा १५ जना भन्दा बढी भेला हुन नपाईने, सवारी साधनमा चालकसहित ४ जनाभन्दा बढी यात्रा गर्न नपाईने जस्ता मापदण्ड जारी गरेको छ ।

कतारले यसअघि जारी भएका कोभिड सुरक्षा सावधानीका  कैयौँ नियमहरू बिहीबारदेखि पुनः लागू गरिएको जनाएको छ ।

सरकारले जारी गरेको ३२ बुँदे सूचना पूर्ण रुपमा पालना गर्न कतारमा कार्यरत रहेका नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

जारी स्वास्थ्य सुरक्षाका प्रावधानहरु उल्लंघन भएको पाइएमा उल्लंघन गर्नेलाई २ लाख कतारी रियालसम्म जरिवाना तथा ३ वर्षसम्म कैद सजाय गर्ने पनि चेतावनी कतार सरकारले  दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : ३० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६