कोरोना नियन्त्रणका प्रतिबन्ध उल्लंघन गर्नेलाई कतारमा २ लाख रियाल जरिवाना « Khabarhub

कोरोना नियन्त्रणका प्रतिबन्ध उल्लंघन गर्नेलाई कतारमा २ लाख रियाल जरिवाना


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ ।

घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको एह्तराज हुनुपर्ने, घरभित्र वा बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जनाभन्दा वढी भेला हुन नपाईने नियम लगाइएको छ ।

सार्वजनिक पार्क, सार्वजनिक तटहरू, कर्निसलगायत अन्य सार्वजनिक स्थानमा १५ जना भन्दा बढी भेला हुन नपाईने, सवारी साधनमा चालकसहित ४ जनाभन्दा बढी यात्रा गर्न नपाईने जस्ता मापदण्ड जारी गरेको छ ।

कतारले यसअघि जारी भएका कोभिड सुरक्षा सावधानीका  कैयौँ नियमहरू बिहीबारदेखि पुनः लागू गरिएको जनाएको छ ।

सरकारले जारी गरेको ३२ बुँदे सूचना पूर्ण रुपमा पालना गर्न कतारमा कार्यरत रहेका नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

जारी स्वास्थ्य सुरक्षाका प्रावधानहरु उल्लंघन भएको पाइएमा उल्लंघन गर्नेलाई २ लाख कतारी रियालसम्म जरिवाना तथा ३ वर्षसम्म कैद सजाय गर्ने पनि चेतावनी कतार सरकारले  दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : ३० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार