अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार नाघ्यो


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५२३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ६६ हजार ९८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ६२७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७२ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७० लाख ३१ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९७ लाख ७५ हजार २७३ जनामध्ये २३ हजार १५९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : ३० बजे

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको