यमनमा हुथी विद्रोहीविरूद्धको कारबाहीमा अब अमेरिकी समर्थन नरहने बाइडेनको घोषणा « Khabarhub

यमनमा हुथी विद्रोहीविरूद्धको कारबाहीमा अब अमेरिकी समर्थन नरहने बाइडेनको घोषणा


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा अब अमेरिकी समर्थन नरहने घोषणा गरेका छन् ।

साउदी अरेबियाको नेतृत्वमा यमनमा हुथी विद्रोहीविरूद्ध भइरहेका आक्रामक कारबाहीलाई समर्थन गर्दै अमेरिकाले विक्री गर्दै आएको हतियार पनि अब रोकिने उनले बताएका छन् ।

द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै बाइडेनले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।

यद्यपि साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी राख्ने बाइडेनले प्रष्ट्याएका छन् ।

छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको बताइन्छ।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : ४५ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी