‘सेनाको उपसेनानी हुँ’ भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

‘सेनाको उपसेनानी हुँ’ भन्दै ठगी गर्ने पक्राउ


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सेनाको उपसेनानी (लेफ्टीनेण्ट)को नाममा ठगेको आरोपमा एक जनालाई सुनसरी प्रहरीले  पक्राउ गरेको छ ।

सुनसरीको इटहरी बजारक्षेत्रमा सर्वसाधारण तथा व्यापारीलाई रेड मर्करीको व्यापारमा फाइदा हुन्छ भन्दै ठगी गर्दै हिँडेका पर्सा ठोरी–५ का २८ वर्षीय शिवकुमार कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

प्रहरीले इटहरी–६ सामुदायिक अस्पताल अगाडिबाट नेपाली सेनाको कम्ब्याट पोसाक लगाएकै अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेको अवस्थामा उनले उपसेनानीको दर्ज्यानी  चिन्हसहितको पोसाक पनि लगाएका थिए । कार्कीले ११ लाख रूपैयाँ ठगेको सूचना प्रहरीमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनको साथबाट ३३ हजार ४ सय ५० रुपैयाँ नगद, विभिन्न बैङ्कको एटिएम र आइएमईका रसिद तथा विभिन्न कम्पनीका चारथान मोबाइल सेट पनि बरामद गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ३० बजे

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको