पार्टीले निर्णय गरिनसकेकाले एमसीसीविरूद्धको नारा रोक्न लगाएको हुँ : प्रचण्ड « Khabarhub

पार्टीले निर्णय गरिनसकेकाले एमसीसीविरूद्धको नारा रोक्न लगाएको हुँ : प्रचण्ड


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले निर्णय गरि नसकेकाले एमसीसीविरूद्ध नाराबाजी नगर्न कार्यकर्तालाई रोकेको प्रष्टिकरण दिएका छन् ।

शुक्रवार आफ्नो समूह निकटका पत्रकारहरूसँगको अन्तरक्रियामा दाहालले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा भएको आमहड्तालमा अरू नारा घुसेपछि त्यसलाई रोक्न खोजिएको प्रष्ट्याए ।

पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसीसी परिमार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

आफूले अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिनेबारे छलफल गरेको उनले बताए ।

बिहीबार आम हड्तालका क्रममा पुल्चोकमा एमसीसी खारेज गर भन्ने नारा लागेपछि दाहालले सो नारा रोक्न नेतृ पम्फा भुषाललाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : १३ बजे

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका

नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू)

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली