पार्टीले निर्णय गरिनसकेकाले एमसीसीविरूद्धको नारा रोक्न लगाएको हुँ : प्रचण्ड « Khabarhub

पार्टीले निर्णय गरिनसकेकाले एमसीसीविरूद्धको नारा रोक्न लगाएको हुँ : प्रचण्ड


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले निर्णय गरि नसकेकाले एमसीसीविरूद्ध नाराबाजी नगर्न कार्यकर्तालाई रोकेको प्रष्टिकरण दिएका छन् ।

शुक्रवार आफ्नो समूह निकटका पत्रकारहरूसँगको अन्तरक्रियामा दाहालले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा भएको आमहड्तालमा अरू नारा घुसेपछि त्यसलाई रोक्न खोजिएको प्रष्ट्याए ।

पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसीसी परिमार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

आफूले अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिनेबारे छलफल गरेको उनले बताए ।

बिहीबार आम हड्तालका क्रममा पुल्चोकमा एमसीसी खारेज गर भन्ने नारा लागेपछि दाहालले सो नारा रोक्न नेतृ पम्फा भुषाललाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : १३ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका