नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी « Khabarhub

नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताए । उनले भने, “हामीले यी समस्या भएका कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गरी महिनाको तीनपटक कारागारमै उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ । जटिल मानसिक समस्या भएका कैदीबन्दीलाई मानसिक अस्पताल लगनखेलमा उपचार गराउँछौँ । कारागारका एक कैदीबन्दीलाई हाल लगनखेलको मानसिक अस्पतालमा उपचार गराइरहेका छौँ ।”

ती रोगका बिरामीको उपचारका लागि कारागारभित्र ‘मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल’ भवनको निर्माण सम्पन्न भइसकेको छ । तर आवश्यक चिकित्सक र सरसामनको व्यवस्था नहुँदा ती भवनबाट सेवा उपलब्ध गराउन नसकेको प्रमुख अधिकारीको भनाइ छ ।

“कारागार नजिकै मानसिक अस्पताल लगनखेल रहेको हुँदा विभिन्न जिल्लाका कारागारमा रहेका मानसिक रोगी कैदीबन्दीलाई कारागार व्यवस्थापन विभागले यहाँ सरुवा गरी पठाउँछ”, उनले भने, “सरकारी अस्पतालमा उपचार गर्न जाने जुनसुकै रोगका कैदीबन्दीले निःशुल्क उपचार पाउँछन् भने निजी अस्पतालमा उपचार गर्न इच्छा देखाउने कैदीबन्दीले आफ्नो खर्च आफैँ व्यहोर्नुपर्छ ।”

कारागारभित्रका बन्दी अस्पतालमा १५ शय्या रहने क्षमता भए पनि २० शय्या राखिने भएको उनको भनाइ छ । नेपालमा मानसिक रोग अध्ययन र उपचार गर्ने चिकित्सक सङ्ख्या कम रहेको हुँदा कारागारमा आवश्यक पर्ने १० औँ तहको चिकित्सकको व्यवस्था हुन सकेको छैन । सो कारागारमा कैदीबन्दी राख्न तीन ब्लक भवनको व्यवस्था गरिएको छ ।

त्यस्तै कारागारको बहिरङ्ग सेवामा दैनिक तीन चिकित्सकले लगभग ३० देखि ४० कैदीबन्दीलाई उपचार सेवा दिने गरेका बताइएको छ । नख्खु कारागारका एक हजार २९७ कैदीबन्दी, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई कोरोनाको खोप दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ११ : ०६ बजे

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६