जनताभन्दा ठूलो न्यायाधीश हुँदैन : पोखरेल « Khabarhub

जनताभन्दा ठूलो न्यायाधीश हुँदैन : पोखरेल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा (ओली) समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश अर्को हुन नसक्ने बताएका छन् । उनले भने, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ ।’

पोखरेलले राजधानीको दरबार मार्गमा भइरहेको बृहत् जनसभामा बोल्दै उक्त कुरा बताएका हुन् । उनले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्री तथा महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई षड्यन्त्र गरेर बीचमै अपदस्थ गर्न खोजेपछि निर्वाचनमा जानु परेको बताए । उनले प्रधानमन्त्री ओलीको संकल्पअनुसार राजनीतिक स्थायित्वलाई निरन्तरता दिने पनि बताए ।

पोखरेलले आधिकारिक नेकपा ओलीले नेतृत्व गरेको नेकपा नै हुने र सूर्य चिह्न पनि उसकै हुने ठोकुवा गरे । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकता कसैले तोड्न सक्दैन ।’

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  २ : ३१ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन