प्रधानमन्त्रीद्वारा स्थानीय तहको प्रशंसा, प्रदेश सरकारबारे मौन « Khabarhub

प्रधानमन्त्रीद्वारा स्थानीय तहको प्रशंसा, प्रदेश सरकारबारे मौन


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संघीय राजधानी काठमाडौँमा आयोजित बृहत् जनसभामा कोभिड–१९ नियन्त्रण र उपचार खटेका सबैलाई धन्यवाद दिए ।

उनले कोभिड–१९ सँगको लडाइँमा खटेका चिकित्सक, नर्स, सेना, प्रहरी, एम्बुलेन्स चालक लगायत सबैको प्रसंशा गर्दै धन्यवाद दिए ।

प्रधानमन्त्रीले कोभिडको समयमा सबै ‘स्थानीय निकाय’ ले अत्यन्तै प्रभावकारी काम गरेको भन्दै स्थानीय तहको पनि खुलेर प्रशंसा गरे । यस क्रममा उनले संघीय सरकारको कामको फेहरिस्त पनि सुनाए । उनले सरकारले कोभिडको खोप ल्याएको र अग्र मोर्चामा काम गर्नेहरुलाई खोप दिन थालेको बताए ।

प्रधानमन्त्रीले कोभिड–१९ को नियन्त्रण र उपचारका सन्दर्भमा स्थानीय तहको र संघीय सरकारका कामको खुलेर सहराना गरे पनि प्रदेश सरकारको नाम लिएनन् । उनले प्रदेश सरकारको उच्चारण नै गरेनन्, मौन रहे । जनसभा भने नेकपाको वागमती प्रदेशले आयोजना गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई निटकबाट जान्नेहरुका अनुसार उनी हम्मेसी क्षमा याचना गर्दैनन् । हुन पनि ओलीले कुनै पनि सार्वजनिक सभामा ‘क्षमा चाहन्छु’ भनेको कहिल्यै सुनिएको थिएन ।

बिहीबारको सभामा ओलीले जनसभाका कारण कठिनाइ उत्पन्न भएकोमा क्षमा याचना गरे । उनले भने, ‘हामीले दुःख दिन खोजेको होइन, दुईचार हजार मान्छे जम्मा गरेर हामीलाई ललकार्ने काम भयो, केपी ओली हेर्न आऊ भनियो, त्यसकारण हामी सडकमा आउनुपर्‍यो । म सबै पेशा, व्यवसायीप्रति क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्रीले सभाका कारणले काठमाडौँको ट्राफिक अस्तव्यस्त भएको पनि बताए । त्यसको बाध्यता बुझिदिएको भन्दै सबैलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : १७ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन