७.२ रेक्टर स्केलकाे शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामी आउने चेतावनी « Khabarhub

७.२ रेक्टर स्केलकाे शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामी आउने चेतावनी


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्युजिल्याण्डमा तीनपल्टसम्म  शक्तिशाली भूकम्पको महसुस भएपछि न्युजिल्याण्ड सरकारले सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

त्यहाँको सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशनसमेत दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्षेत्रमा छाल आउनसक्ने चेतावनी दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ रहेका हजारौँ नागरिकहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका छन् । अधिकारीहरूले न्यू क्यालेडोनिया, मानुआतु टापूहरुमा समुद्रको ठूलो छाल आउन सक्ने चेतावनी दिँदै सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।

त्यहाँका तटीय क्षेत्रहरुमा समुद्रको पानी १० फिटसम्म उठ्न सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि अमेरिका, चिली पेरु, चिली, इक्वेडर र अमेरिकाका केही केही स्थानमा समेत १ मिटरसम्मको छाल उठ्न सक्ने अनुमान गरिएको छ ।

बिहीवार दक्षिणी प्रशान्त महासागर क्षेत्रमा ७.२ रेक्टर स्केलकाे शक्तिशाली भूकम्प गएकाे थियाे । उक्त शक्तिशाली भूकम्पपछि शतर्कता अपनाइएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : १७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी