७.२ रेक्टर स्केलकाे शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामी आउने चेतावनी « Khabarhub

७.२ रेक्टर स्केलकाे शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामी आउने चेतावनी


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्युजिल्याण्डमा तीनपल्टसम्म  शक्तिशाली भूकम्पको महसुस भएपछि न्युजिल्याण्ड सरकारले सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

त्यहाँको सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशनसमेत दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्षेत्रमा छाल आउनसक्ने चेतावनी दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ रहेका हजारौँ नागरिकहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका छन् । अधिकारीहरूले न्यू क्यालेडोनिया, मानुआतु टापूहरुमा समुद्रको ठूलो छाल आउन सक्ने चेतावनी दिँदै सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।

त्यहाँका तटीय क्षेत्रहरुमा समुद्रको पानी १० फिटसम्म उठ्न सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि अमेरिका, चिली पेरु, चिली, इक्वेडर र अमेरिकाका केही केही स्थानमा समेत १ मिटरसम्मको छाल उठ्न सक्ने अनुमान गरिएको छ ।

बिहीवार दक्षिणी प्रशान्त महासागर क्षेत्रमा ७.२ रेक्टर स्केलकाे शक्तिशाली भूकम्प गएकाे थियाे । उक्त शक्तिशाली भूकम्पपछि शतर्कता अपनाइएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : १७ बजे

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी