एसिड आक्रमणमा परेकी खातुनलाई ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’ « Khabarhub

एसिड आक्रमणमा परेकी खातुनलाई ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिड आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले दिने इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने भएको छ ।

उनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले सम्मान गर्ने भएको काठमाडौँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यही मार्च ८ मा भर्चुअल माध्यमबाट अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकनले खातुनलाई सो पुरस्कार वितरण गर्ने राजदूतावासले जनाएको छ ।

खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन् । यो अवार्ड पाउने उनी पहिलो नेपाली महिला हुन् भने अवार्ड पाउनेमध्ये उनी विश्वकै सबैन्दा कान्छी व्यक्ति पनि बनेकी छिन् ।

१५ वर्षीया खातुनले एसिड आक्रमण अन्त्यका लागि गरेका कामका लागि उनलाई यो अवार्ड दिइने दूतावासले जनाएको छ ।

यसअघि खातुनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजाय दिने कानुन बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अनुरोध गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओलीले तेजाब आक्रमण गर्नेमाथि कडा कानुनको मस्यौदा तयार पार्न आग्रह गरेका थिए ।

वि.सं. २०७६ भदौ २१ गते वीरगञ्जमा विद्यालय जाने क्रममा खातुनमाथि एसिड आक्रमण भएको थियो। खातुनले प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै वीरगञ्जस्थित गणेशमान सिंह चोकमा १६ वर्षका सम्साद मियाँ हजामले खातुनमाथि एसिड प्रहार गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : २१ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६