एसिड आक्रमणमा परेकी खातुनलाई ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’ « Khabarhub

एसिड आक्रमणमा परेकी खातुनलाई ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिड आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले दिने इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने भएको छ ।

उनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले सम्मान गर्ने भएको काठमाडौँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यही मार्च ८ मा भर्चुअल माध्यमबाट अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकनले खातुनलाई सो पुरस्कार वितरण गर्ने राजदूतावासले जनाएको छ ।

खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन् । यो अवार्ड पाउने उनी पहिलो नेपाली महिला हुन् भने अवार्ड पाउनेमध्ये उनी विश्वकै सबैन्दा कान्छी व्यक्ति पनि बनेकी छिन् ।

१५ वर्षीया खातुनले एसिड आक्रमण अन्त्यका लागि गरेका कामका लागि उनलाई यो अवार्ड दिइने दूतावासले जनाएको छ ।

यसअघि खातुनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजाय दिने कानुन बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अनुरोध गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओलीले तेजाब आक्रमण गर्नेमाथि कडा कानुनको मस्यौदा तयार पार्न आग्रह गरेका थिए ।

वि.सं. २०७६ भदौ २१ गते वीरगञ्जमा विद्यालय जाने क्रममा खातुनमाथि एसिड आक्रमण भएको थियो। खातुनले प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै वीरगञ्जस्थित गणेशमान सिंह चोकमा १६ वर्षका सम्साद मियाँ हजामले खातुनमाथि एसिड प्रहार गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : २१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर