आजदेखि खुल्यो रसुवागढी नाका « Khabarhub

आजदेखि खुल्यो रसुवागढी नाका


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ २९ गतेदेखि बन्द रहेको नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ ।

ल्होसारका कारण बन्द भएको चीनसँग जोड्ने यो नाका आजबाट खुला गरिएको हो ।

रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीका अनुसार नेपाली व्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै छन् । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।

भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँ पक्षले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए ।

यो वर्ष कोरोना भाइरस तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा पटकपटक अवरोध भइरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ३० बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय