‘ड्रेस टु इम्प्रेसन’मा १ सय १५ डिजाइनर « Khabarhub

‘ड्रेस टु इम्प्रेसन’मा १ सय १५ डिजाइनर


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिजाइनरहरुको प्रतिस्पर्धात्मक र्‍याम्प शो ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ आगामी चैत १३ गते हुने भएको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी आईआईएफटी (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैंले तयार गरेको पहिरनमा र्‍याम्पमा प्रस्तुत हुनेछन् ।

प्रतिस्पर्धात्मक उक्त शोमा सहभागी हुने डिजाइनरहरु आईआईएफटीकै विद्यार्थी हुन् । बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले हालैमात्र यस वर्षको ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ अवार्ड जितेको थियो ।

आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’ सुरु गरिएको हो ।

जहाँ आईआईएफटीबाट ६ महिने डिजाइनिङ कोर्ष पूरा गरी मोडलिङ सम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा गर्नेछन् । आईआईएफटीका अनुसार यसपटक १ सय १५ जना डिजाइनरले भाग लिँदैछन् ।

पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने ‘डेस टु इम्प्रेस’का लागि मोडल तथा कोरियोग्राफी विपना थापाले प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिने छिन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।

यस डिजाइनिङ प्रतिस्पर्धाबाट विजेता एकजनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : ४५ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन