आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानीय बजारमा शुक्रबार सुनको भाउ रू. ९०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजार ५०० मा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाला सुन प्रतितोला रू. ९०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८५ हजार १५० मा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ०५० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला रू. एक हजार २८५ मा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला रू. एक हजार २५० खरीदविक्री भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी रू. ३५ ले घटेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : ०५ बजे

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम