माओवादी द्वन्द्वमा ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’ | Khabarhub Khabarhub

माओवादी द्वन्द्वमा ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा आठ वर्ष काम गरेर हाल अमेरिका बस्दै आएका सिन सुमेश श्रेष्ठले निर्माण गरेको दुई सर्ट फिल्म ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’को काठमाडौंमा प्रिमियर गरिएको छ । दुवै फिल्ममा माओवादी द्वन्दकालका बेला देखेका र सुनेका कुरालाई श्रेष्ठले प्रस्तुत गरेका छन् ।

निर्देशक श्रेष्ठले द्वन्दकालको बेला आफु प्रहरीमा रहेको स्मरण गर्दै त्यो समयको अनुभव र सुनेका कुरालाई फिल्ममा प्रस्तुत गरिएको बताए । ‘फिल्म चाहिँ लकडाउनको अवधिमा नेपाल बसाईंको क्रममा पुरा गरें’, उनले भने ।

२० वर्ष अघि नेपाल टेलिभिजनको टेलिफिल्म ‘दुश्मन’मा अभिनय गरेका उनी प्रहरीको जागिर छोडी अध्ययनका लागि अमेरिका पुगेका थिए । उनले आगामी दिनमा नेपाली फिल्म तथा अमेरिकाबाट अंग्रेजी फिल्म बनाउने योजनासमेत रहेको सुनाए ।

‘अ साइलेन्ट रिभेन्ज’ मा प्रविन खतिवडा, सारा जे अधिकारी, रोय श्रेष्ठ, सबिर चुरौटे, सुभाष खड्का, प्रेम क्षेत्री, राजेश विश्वकर्मा, सीन सुमेश श्रेष्ठ र बाल कलाकार संगम राईको अभिनय रहेको छ ।

त्यस्तै ‘अ कोल्ड हार्ट’ मा प्रविन खतिवडा, पशुपति राई, सोनाम सिङ्ग लामा, सुभास खड्का, अमर क्षेत्री र प्रेम क्षेत्रीको अभिनय रहेको छ ।

दुवै फिल्ममा उनकै कथा, पटकथा, संवाद तथा निर्देशन छ । फिल्मको निर्माण एभरेस्ट थापा र श्रेष्ठले गरेका हुन् ।

फिल्ममा शरद महतोको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, राजेन्द्र मोक्तानको कलर रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ३० बजे

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक