नेकपाका गतिविधि नियाल्दै उचित समयमा निर्णय लिने कांग्रेसको निष्कर्ष (भिडियोसहित) | Khabarhub Khabarhub

नेकपाका गतिविधि नियाल्दै उचित समयमा निर्णय लिने कांग्रेसको निष्कर्ष (भिडियोसहित)


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले मुलुकको वर्तमान समसामयिक राजनीतिक विषयमा उचित समयमा सही निर्णय लिने जनाएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सांसदका धारणाअनुसार पार्टीले संसद्लाई नियमितरुपमा सञ्चालन गर्न, राजनीतिक समस्यालाई निकास दिन र संविधानलाई बलियो बनाउन उचित निर्णय लिने निष्कर्ष निकालेको हो ।

यही फागुन २३ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा संसदभित्र सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ, त्यसलाई समीक्षा गरेर पार्टीले उचित निर्णय लिने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैठकमा २९ सांसदले धारणा राखेका थिए ।

सत्ता समिकरणमा कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुन पक्षसँग सहकार्य गर्छ भन्ने जिज्ञासामा उनले कांग्रेसले राजनीतिक पक्ष विपक्षभन्दा पनि जनताको र संविधानको रक्षा तथा लोकतान्त्रिक मूल्यमान्यताको सम्बर्द्धनलाई महत्व दिएको बताए ।

बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । साथै बैठकले आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने सुव्यवस्था गर्न, आर्थिक व्यवस्थालाई चलायमान बनाउनका लागि कोरोना भाइरसको सङ्क्रमणदेखि नै बन्द रहेका सीमा नाका पूर्णरुपमा खुलाउनुपर्ने मागसमेत गरेको प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ४९ बजे

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा