विद्रोही पक्षले शान्ति प्रक्रियामा आएको विश्वास दिलाउन हतियार बुझाउनुपर्छ : अध्यक्ष थापा « Khabarhub

विद्रोही पक्षले शान्ति प्रक्रियामा आएको विश्वास दिलाउन हतियार बुझाउनुपर्छ : अध्यक्ष थापा


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् ।

उनले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताए ।

‘शान्तिपूर्ण राजनीतिमा आए भन्दैमा हुँदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको विश्वास दिलाउन सक्नुपर्छ’, अध्यक्ष थापाले भने ।

बुटवलमा आजदेखि शुरु भएको सा पार्टी निकट पत्रकारको संगठन मिडिया नेपालको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

राप्रपाका नेता तथा पूर्वमन्त्री दिपक बोहोराले मिडिया खेमाबन्दीमा परेकाले सत्यतथ्य र निष्पक्ष समाचारले ठाउँ नपाएको बताए । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी, संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईलगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ३२ बजे

न्युजिल्याण्डमा ‘साम्बा’को घुँडाको शल्यक्रिया सम्पन्न

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै