इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो « Khabarhub

इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्ह्वा- इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

इन्डोनेसिया विपत् व्यवस्थापन निकाय, ‘रादिति अ जाती’,का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि गरे ।

यसपहिले प्राप्त विवरणमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा २० रहेको र पाँच वेपत्ता भएको उल्लेख गरिएको थियो ।

बाढी पहिरोले दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ ।

घटनामा घाइते भएकालाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् ।

बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजीकार्य जारी रहेको बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ०५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल