बर्माका नागरिकको जीवन रक्षा गर्न माग « Khabarhub

बर्माका नागरिकको जीवन रक्षा गर्न माग


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ । यही चैत २५ गते साँझ ६ः३० बजेदेखि ७ बजेसम्म बौद्धनाथ महाचैत्य अगाडि मुखमा कालोपट्टी बाँधी हातमा मैनवत्ती लिएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रामकृष्ण बरालले बताए ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाको सहभागिता रहने जनाइएको छ ।

यसअघि ललितपुरस्थित बर्मेली दूतावास अगाडि र संयुक्त राष्ट्रसङ्घ कार्यालय अगाडि विरोध प्रदर्शन गरिसकेको छ भने शान्ति समाजका जिल्ला शाखाले एक दर्जन भन्दा बढी जिल्लामा बर्मामा लोकतन्त्र र शान्ति बहालीको मागसहित प्रदर्शन गरिसकेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : १० बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा