सांसद लिङ्देन भन्छन्–‘अस्थिरता अन्त्यका लागि राजसंस्थालाई उचित स्थान’ « Khabarhub

सांसद लिङ्देन भन्छन्–‘अस्थिरता अन्त्यका लागि राजसंस्थालाई उचित स्थान’


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राप्रपा सांसद राजेन्द्रसाद लिङ्देनले अस्थिरता अन्त्यका लागि राजसंस्थालाई समेत उचित स्थान दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद लिङदेनले अहिले हिँडेको व्यवस्था नै गलत रहेको बताए । उनले भने,‘कहाँ जाने भनेर हिडेका थियौं । कहाँ पुग्यौं । काठमाडौबाट काकरभिट्टा जानुपर्ने नारायणगढबाट अर्कै बाटोमा लाग्यौ । अनि बुटबल पुगेर गलत बाटो हिँडियो भनेर थाहा भयो ।’

अहिलेको अवस्थामा कुनै पनि दल वा सरकार मात्रै असफल नभएको भन्दै उनले अहिलेको अवस्थामा प्रणाली नै असफल बनेको दाबी गरे । उनले भने,‘ अहिलेको अवस्थामा कुनै पनि प्रणाली असफल भयो । अहिलेकै व्यवस्थामा सरकार परिवर्तन वा नयाँ निर्वाचन जे गरेपनि अस्थिरताको अन्त्य गर्न सकिन्छ । सरकार परिवर्तन वा चुनाव जे रोजेपनि वैदेशिक हस्तक्षेप, भ्रष्टाचार नै हुने हो । अहिलेको अवस्थाबाट शिक्षा लिएर नयाँ सम्झौता गरौं ।’

केपी ओली नेतृत्वको सरकारसँग आफ्नो दलको धेरै विषयमा असहमति रहेको भएपनि सिके राउतदेखि विप्लवलाई समेत शान्तिपुर्ण राजनीतिमा ल्याउनु सकारात्मक रहेको बताए । अब राष्ट्रिय एकता लागि राजसंस्थालाई समेत उचित स्थान दिनुपर्ने उनको भनाई छ ।

‘राष्ट्रिय एकता चाहन्छौं भने अनेक आरोपका बिचमा शान्त र सौम्य रहेको नेपालको राजसंस्थालाई पनि स्थान दिएर राष्ट्रिय एकता कायम गरौं । सबै दलका नेताहरुसँग आग्रह छ, अस्थिरताको अन्त्य गरेर विकास र समृद्धिमा लैजाने हो भने परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थालाई स्थान दिउँ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने व्यवस्था मिलाऔं ।’ उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया