राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणबारे संसदलाई जानकारी | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणबारे संसदलाई जानकारी


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवि भण्डारीको बंगलादेश भ्रमणबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी गराएका छन् ।

आज बसेको संसद बैठकमा विषेश समय लिएर मन्त्री ज्ञवालीले बंगलादेशी राष्ट्रपतिको निम्तोमा राष्ट्रपति भण्डारी बंगलादेश गएको र भ्रमणका क्रममा विभिन्न सम्झौता भएको जानकारी दिए ।

उनले राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल र बंगलादेशबीचको सम्बन्ध थप सुमधुर भएको बताए । उनले भने,‘सम्माननीय राष्ट्रपतिको बंगलादेश भ्रमणले मुलतः दुई देशको सम्बन्ध थप प्रगाढ बनेको छ ।’

महाकाली नदीको किनारामा भारतले बनाएको पर्खालको अध्ययन गर्न नेपाल र भारत सहमत बनेको समेत मन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले भने,‘आगमी अप्रिल १२ तारिख अर्थात् आजको एकसातामा नेपाल र भारत दुबै देशका नापी टोलीले स्थलगत अध्ययन गर्ने र ठिक ढंगले बनेको छ कि छैन भनेर अध्ययन गर्नेछ र तथ्या प्रमाण् अघि सार्नेछ ।’

मन्त्री ज्ञवालीले नेपालको सीमा सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

अर्को प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले म्यानमारमा भइरहेको राजनीतिक घटनाक्रमप्रति सरकार गम्भीर बताए । मन्त्री ज्ञवालीले म्यानमारमा भइरहेको घटनाक्रमका विषयमा पहिला नै सरकारले धारणा सार्वजनिक गरिसकेको भन्दै उनले भने,‘बल प्रयोगबाट धेरै नागरिकको ज्यान गएको हामीले देखिरहेका छौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् पारित गरेको जस्तै लोकतन्त्र र मावनअधकिार र विश्वशान्तिका लागि नेपाल सरकार सधै प्रतिवद्ध रहेको जानकारी गराउँछु ।’

मन्त्री ज्ञवालीले अहिलेको सरकारले विश्वासको मत लिन नपर्ने बताए ।

उनले ३ वर्षअघि माओवादी केन्द्रको समर्थनमा सरकार बनेको भन्दै भने,‘यो सरकार गठन हुने बेलामा नेकपा माओवादीले समर्थन गरेको थियो । २०७४ साल फागुन २७ गते विश्वासको मत लिएको हो । नेपाली कांग्रेस अहिले पनि प्रतिपक्षमा रहेको छ । यो पत्र सदनमा राम्रोसँग रहनुपर्छ । यो सरकार कसरी उद्गम भएको हो भन्ने राम्रोसँग जानकारी लिनुपर्छ । सरकार संविधानसम्मत ढंगले चलिरहेको छ । संविधानले भनेको बाटोमा हिड्न बाञ्छनीय हुन्छ ।’

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : २८ बजे

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता