युरेनियम बरामद प्रकरण : ‘कच्चा युरेनियम–२३८’ नै भएको चिनियाँ प्रयोगशालाको रिपोर्ट « Khabarhub

युरेनियम बरामद प्रकरण : ‘कच्चा युरेनियम–२३८’ नै भएको चिनियाँ प्रयोगशालाको रिपोर्ट

रिपोर्ट सरकारी वकिलको कार्यालय पठाइयो


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत फागुन २८ गते प्रहरीले बरामद गरेको रेडियोधर्मी पद्धार्थमा युरेनियमको मात्रा भेटिएको चिनियाँ प्रयोगशालाको रिपोर्टले देखाएको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख अशोक सिंहका अनुसार प्रहरीले बरामद गरेको धातु चनियाँ प्रयोगशालाले पनि कच्चा युरेनियम–२३८ नै भएको रपोर्ट दिएको बताए ।

खबरहबसँग कुरा गर्दै एसएसपी सिंहले भने ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट)ले कच्चा युरेनियम–२३८ रहेको रिपोर्ट दिएपछि थप परीक्षणका लागि चीन पठाएका थियौं । चिनियाँ प्रयोगशालाबाट पनि कच्चा युरेनियम–२३८ नै रहेको रिपोर्ट आएको छ ।’

प्रहरीले गत फागुन २८ गते उक्त पद्धार्थसहित रामेछापका नारायण सिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपानेलाई पक्राउ गरेको थियो ।

एसएसपी सिंहका अनुसार प्रहरीले अहिले उक्त धातुका बारेमा अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ ।

एसएसपी सिंहले भने, ‘हामीले सम्पूर्ण अनुसन्धान पूरा गरी त्यसको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाइसकेका छौं । अब मुद्दा प्रक्रिया अघि बढ्छ ।’

विष्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको प्रहरीले आरोपीहरुविरुद्ध अहिले ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा लैजान सरकारी वकिललाई राय दिएको छ ।

२०७७ असारमा लागू भएको सो ऐनको दफा २८ ९१० (ख) अनुसार ७ देखि १२ लाख जरिवाना र ५ देखि १० वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : ३७ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा