पहिलो चरणको दोस्रो डोज खोप बैशाख ७ देखि ११ गतेसम्म लगाइने « Khabarhub

पहिलो चरणको दोस्रो डोज खोप बैशाख ७ देखि ११ गतेसम्म लगाइने


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणको दोस्रो डोज खोप आगामी बैशाख ७ देखि ११ गतेसम्म लगाइने बताएका छन् ।

सोमबार संसदमा बोल्दै उनले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएकाहरुलाई २०७८ बैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रामा कोभिसिल्ड खोप प्रदान गर्ने बताएका हुन् ।

उनले पहिलो चरणमा खोप लगाएकाहरुका लागि पुग्ने खोप सुरक्षित तरिकाले भण्डारण गरेर राखिएको उनले बताए ।

नेपालमा कुल जनसंख्याको ६ प्रतिशतभन्दा बढी मानिसहरूले खोप लगाइसकेको जानकारी उनले दिए ।

यसभन्दा अगाडि खोप लगाउन नपाएका इच्छुक अग्रपंक्तिमा खटिने व्यक्तिलाई चैत्र २५ गतेदेखि चीन सरकारबाट उपलब्ध भेरोसेल खोप लगाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।

पछिल्लो समय पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हुँदा उच्च स्वास्थ्य सुरक्षा अपनाउन पनि उनले सबैमा आग्रह गरे ।
उनले भने, ‘संक्रमण पुन बढ्दै गइरहेको छ, अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु