मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता « Khabarhub

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।

मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावका प्रस्तावक तथा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

सोमबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो।

अविश्वासको प्रस्ताव पारित गर्ने अंकगणित नपुग्ने भएपछि माओवादीले अविश्वास प्रस्ताव फिर्ता लिएको हो।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्यले सोमबार प्रदेशसभा सचिवालयमा लिखित रुपमा हस्ताक्षर फिर्ता लिएका थिए । हस्ताक्षर फिर्ता लिएपछि आङ्बोले सदनमा अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

चैत २६ गते दिउँसो २ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ४५ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै