प्रदेश १ मा सामाजिक कार्य गर्दै कुमारी बैंकले मनायो वार्षिकोत्सव | Khabarhub Khabarhub

प्रदेश १ मा सामाजिक कार्य गर्दै कुमारी बैंकले मनायो वार्षिकोत्सव


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना मनाएको छ ।

बैंकले आफ्नो प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङलबारे स्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपीठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेकोे छ ।

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो ।

यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ५० बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल