भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित, ३७ सय ८६ को मृत्यु « Khabarhub

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित, ३७ सय ८६ को मृत्यु


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ८२ हजारमा संक्रमण भएको छ ।

दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६९ लाख ३८ हजार ४०० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६६५ छ ।

यस्तै त्यहाँ एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ५६ बजे

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस