किनारा खोज्न सांसद झाँक्रीले प्रधानमन्त्रीलाई दिइन चेतावनी « Khabarhub

किनारा खोज्न सांसद झाँक्रीले प्रधानमन्त्रीलाई दिइन चेतावनी


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु समाप्त हुने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि समाप्त पार्ने चेतावनी दिएकी छन् ।

प्रधानमन्त्री विश्वासको मत लिनुअघि पार्टीभित्र विभिन्न दाउपेच चलिरहेका बेला झाँक्रीको चेतावनी आएको हो । सामाजिक सञ्जालमार्फ झाँक्रीले आफूहरु निश्चित रुपमा डुब्ने र सत्यानाश हुने भन्दै प्रधानमन्त्री ओलीलाई पनि लिएर डुब्ने चेतावनी दिएकी हुन् ।

झाँक्रीले सत्यानास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न नामै नलिई प्रधानमन्त्रीलाई सुझाव दिएकी छन् । उनले भनेकी छन्, ‘विचार गर, दम्भ, अहंकार र जिद्दी छोड।’

प्रधानमन्त्री ओलीले २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन लागिरहेका बेला नेपाल–खनाल पक्षका सांसदले त्यसअघि नै राजीनामा दिने गरी छलफल गरिरहेको छ ।

https://www.facebook.com/jhakri.rk/posts/10158194872520814

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : ५८ बजे

भोटेकोशी बाढी : हालसम्म ७३ जनाको शव भेटियो

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली