नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार नाघ्यो, काठमाडौँ उपत्यकामा मात्रै ३० हजार बढी « Khabarhub

नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार नाघ्यो, काठमाडौँ उपत्यकामा मात्रै ३० हजार बढी


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ६६ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ६६ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । जसमध्य काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३० हजार १५५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ९ हजार ६९३ रहेको छ भने ८०३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ३०४ पुगेको छ ।

त्यस्तै ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४६ सय रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १७ हजार २६० रहेको छ भने २२६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ हजार ८६ पुगेको छ ।

यसैगरी भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा २७ सय ४७ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या ९ हजार ७१७ रहेको छ भने १६५ जनाले ज्यान गुमाएका छन् ।

यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ काठमाडौँ उपत्यकाको विवरण 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : ३८ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन