भोकलाई रोकेन रोगले ! (फोटोफिचर) | Khabarhub Khabarhub

भोकलाई रोकेन रोगले ! (फोटोफिचर)



काठमाडौँ– काठमाडौँको वसन्तपुर क्षेत्रमा दिउँसो ३ बजेदेखि मानिसहरु भेला हुन थाल्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेसम्म २-३ सयभन्दा बढी हुन्छ ।

निषेधाज्ञाको समयमा बिहान–बेलुका छाक टार्न समस्यामा परेकाहरु ४ बजे स्वयमंसेवकहरुले वितरण गर्ने खाना खानकै लागि  त्यहाँ जम्मा हुने गर्छन् ।

जब घडीमा ४ बज्छ । ‘बन्दी सहायता नेपाल’ की इन्दिरा राणा ट्याक्सीमा खाना र पानी लिएर आइपुग्छिन् । त्यसपछि उनीहरु खाना पाउने खुसीमा जुरुक्क उठ्छन् र लाग्न थाल्छन लाइनमा ।

न भौतिक दूरी कायम छ । न त सबैले मास्क नै लगाएका हुन्छन् । लाइनमा बालबालिकादेखि वृद्धवृद्धासम्म उभिन्छन् ।

नयाँ भेरियन्टसहितको कोरोना माहामारीका कारण काठमाडौंमा अहिले निषेधाज्ञा जारी छ । सर्वसाधरणलाई घरबाट बाहिर नआउन सरकारले पटकपटक अनुरोध गरिरहेको छ ।

त्यसो त कोरोना भाइरस संक्रमणको त्रास उनीहरुमा नभएको भने होइन । ‘भोको पेटले सताएपछि भाइरसको डर हराउने रहेछ’ भीडमा उभिएकी एक महिलाले भनिन् ।

विशेषगरी दिनभरी भारी बोक्ने मजदुर हातमा नाम्लो बोकरै लाइनमा बसिरहेका थिए ।

त्यहाँ ४ बजे विभिन्न समूहले खाना खुवाउन शुरु गर्ने हुँदा उनीहरु दिउँसो १/२ बजेबाट बसन्तपुर आसपास आएर बस्न थालेका हुन्छन् ।
निषेधाज्ञा सुरुभएसँगै भारी बोक्ने काम नपाएको र बिहान बेलुका खाना खानकै लागि वसन्तपुर पुगेको ललितपुरका इशान तामाङले बताए ।

‘पहिले त काम पाइन्थ्यो, बिहान बेलुका खाना पुग्थ्यो अहिले त काम नै छैन त्यसैले यहाँ खाना खुवाउँछ भन्ने सुनेर आएको’, उनले भने ।

लाइनमा बसेर हातमा खानाको प्याकिङ पाइसकेकाहरु खुसी देखिन्थे भने नपाएकाहरु आतुर… ।

कोही घर परिवारका लागि प्लाष्टिकको झोलामा खाना र पानी प्याकिङ गरेरै समेत जाने गरेका छन् ।

‘बन्दी सहायत नेपाल’ र ‘सामूहिक सशक्तीकरण’ नामक गैरसरकारी संस्थाले सुरुमा स्यानिटाइजर, मास्क बाँड्दै खानासँगै पानी वितरण गर्ने गरेको छ ।

संस्थाले बुधबार मात्र २ सय बढीलाई खाना खुवाएको जानकारी दियो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : १३ बजे

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर– जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा

भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ