इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’ « Khabarhub

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको प्रतिक्रिया ‘पर्याप्त नभएको’ बताएका छन् । युद्धविराम अस्वीकार गर्ने इरानको भनाइले उसलाई राम्रो नगर्ने चेतावनी ट्रम्पले दिएको अलजजिराले लेखेको छ।

नागरिक पूर्वाधारमा आक्रमणको जोखिम बढिरहेका बेला राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग कुरा गर्दै इरानको जवाफ अर्थपूर्ण भए पनि सन्तोषजनक नभएको टिप्पणी गरेका हुन् ।

पछिल्लो समय इरानमाथि अमेरिका र इजरायलले गरेका आक्रमणमा परी ६ बालबालिकासहित कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इरानले होर्मुज स्ट्रेट नखोले मंगलबारसम्ममा इरानी पावर प्लान्ट र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनीपछि इरानले पनि प्रत्याक्रमणको तयारी थालेको छ ।

इरानले इजरायलको हाइफास्थित एउटा आवासीय भवनमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् ।

त्यसैगरी, इरानले खाडी क्षेत्रका अन्य मुलुकहरूमा पनि आफ्ना आक्रमण जारी राखेको छ । इरानी आक्रमणबाट कुवेतका विद्युत् गृह, खानेपानी शुद्धीकरण केन्द्र र तेल प्लान्टमा क्षति पुगेको छ भने बहराइनको एउटा तेल खानीलाई पनि निशाना बनाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ५ : ४९ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९