अग्रपंक्तिमा खटिने जनशक्तिलाई ‘प्रोत्साहन प्याकेज’ घोषणा गर्न नेता थापाको आग्रह « Khabarhub

अग्रपंक्तिमा खटिने जनशक्तिलाई ‘प्रोत्साहन प्याकेज’ घोषणा गर्न नेता थापाको आग्रह


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीमा दिनरात नभनी खटिने जनशक्तिलाई प्रोत्साहन प्याकेज घोषणा गर्न आग्रह गरेका छन् ।

स्वास्थ्य जनशक्ति अभाव देखिएको भन्दै सुरक्षा र प्रोत्साहनको प्याकेज बनाउन उनले सरकारलाई आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सवैभन्दा महत्वपूर्ण पक्ष हो, धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन, यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन् ’,थापाले फेसबुकमा लेखेका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्

स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैया मात्रै होइन, जनशक्ति सवैभन्दा महत्वपूर्ण पक्ष हो। धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन। यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन, गरिरहेका छन। त्यसका लागि तत्काल देहाय बमोजिमको व्यवस्था गर्न म सरकारसंग विनम्र आग्रह गर्दछु।
१). अत्यन्त अफ्ठ्यारोमा पनि दिनरात नभनि स्वास्थ्यकर्मीहरू २४सै खटिरहेका छन। अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलव्ध गराउने कुरामा कुनै कन्जुस्याई नगरौं। निजी स्वास्थ्य संथामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं।
२). थप जनशक्तिका सन्दर्भमा अहिले करार वा दैनिक ज्यालादारी काम गर्न आउनुहोस भनेर मन्त्रालय र अन्तर्गतका निकायले सुचना निकालेर मात्र हुँदैन। सुरक्षा र प्रोत्साहनको प्याकेज बनाऔं र आव्ह्वान गरौं।
यसका लागि;
(क) हाल झण्डै ५ हजार योग्य चिकित्सक PG को तयारी गरिरहेका छन। परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन। परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ। यसरी जोखिममा काम गर्नेलाई PG मा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौं।
(ख) एकातर्फ लामो समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरवन्दी पुनरावलोकन हुन सकेको छैन। अर्कोतर्फ सरकारी सेवामा आकर्षण घट्दै गएको छ। यस अवस्थामा सरकारी दरवन्दीको पुनरावलोकन गर्ने, सेवा सुविधा र प्रोत्साहनको प्याकेज बनाउने साथै सरकारी सेवामा प्रवेश गर्न चाहाने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा अहिले महामारी र जोखिममा काम गरेमा विशेष ग्राह्यता दिने संयन्त्र र कानूनी व्यवस्था गरौं।
(ग) हाम्रो स्वास्थ्य प्रणालीमा लामो समय काम गरेर निवृत्व भइ वसेका, अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज वनाऔं। त्यस्ता जनशक्तिलाई राष्ट्रिय पुलमा समावेश गरी अभाव भएको स्थानमा सही तरिकाले परिचालन गरौं।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ०१ बजे

काठमाडौँ उपत्यकामा भारी वर्षा : जेठ १८ गतेसम्म नै मौसम बदली रहने

काठमाडौँ – बिहीबार राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको