लुम्बिनी प्रदेशमा होल्डिङ सेन्टर बनाउन ७९ लाख « Khabarhub

लुम्बिनी प्रदेशमा होल्डिङ सेन्टर बनाउन ७९ लाख


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि जिल्ला विपद व्यवस्थापन केन्द्रलाई ७९ लाख रुपैँया दिने निर्णय गरेको छ ।

बुधबार भएको प्रदेश मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण गरी महामारी नियन्त्रण गर्न रकम रकम पठाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले १२ जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी रकम उपलब्ध गराउने निर्णय भएको हो ।

रकम प्रदेश सरकारको विपद कोषबाट जिल्ला विपद कोषमा पठाइने मन्त्री चौधरीले बताए । कोभिडबाट बढी प्रभावित रूपन्देही र बाँके जिल्लाले १०–१० लाख रुपैयाँ पाउनेछन् । गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पूर्वरुकुमलाई ५—५ लाख रुपैयाँ छुट्याइएको छ ।

जेठमा गर्ने भनिएको प्रदेश लगानी सम्मेलन आगामी काकि २७ र २८ गते गर्ने निर्णय भएको पनि मन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : १५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको