संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने « Khabarhub

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गर्दै सोसम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको हो।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।

वैशाख २८ गतेदेखि सुरु भएको यस चालु अधिवेशनमा सरकारले बजेट तथा बजेटसँग सम्बन्धित कानुन निर्माण गरेको छ। यस अवधिमा संसद् नभएको बेला सरकारले ल्याएका अध्यादेश स्वीकृत भएका छन् भने तिनै अध्यादेशले संशोधन गरेका विषय समेटेर ल्याइएका प्रतिस्थापन विधेयकहरू पनि संसद्‍बाट पारित भएर ऐनमा रूपान्तरित भएका छन्।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ११ : ५५ बजे

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन

चिया बेचेरै परिवारको गुजारा

कपिलवस्तु– दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु

काठमाडौं– अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ

कार्यालय भवन ढलेपछि वडाध्यक्षको चिन्ता- आफ्नै खेत बगेको भन्दा यसैमा दुःख लागेको छ

गण्डकी– आफ्नै कार्यसमयमा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि