रुपन्देहीमा एकैदिन ५८७ कोरोना संक्रमित थपिए, १३ को मृत्यु « Khabarhub

रुपन्देहीमा एकैदिन ५८७ कोरोना संक्रमित थपिए, १३ को मृत्यु


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ५ सय ८७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ भने सोही अवधिमा १३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ ।

हालसम्म जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । एकै दिन १ हजार ३२९ जनाको पीसीआर परिक्षण गरिएको थियो । स

बैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमित देखिएका छन् । तथ्याङ्कअनुसार जिल्लामा २ सय ५५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै सिद्धार्थ नगर नगरपालिकामा ६७ जना, तिलोत्तमा नगरपालिकामा १ सय ३६ जना, सियारीमा ५, देवदहमा ३६, गैडहवामा ३ र मायादेवीमा ३ जनामा संक्रमण देखिएको छ ।

यसैगरी सैनामैनामा ३३ जना, ओमसतियामा ७ जना, कञ्चनमा १२ जना, रोहिणीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन गाउँपालिकामा १३ जना र कोटहिमाई गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको हो ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : ३० बजे

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न