लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन जेठ १७ गते हुने « Khabarhub

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन जेठ १७ गते हुने


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपपछि रिक्त रहेको सिटमा जेठ १७ गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार लुम्बिनी प्रदेशमा हुने उक्त उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

‘लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम नेपाल सरकारको मिति २०७८।१।१९ को निर्णयानुसार सम्वत् २०७८ साल जेठ १७ गते सोमबारका दिन राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

उक्त उपनिर्वाचनका लागि बुधबार नै कार्यतालिका स्वीकृत भएको पनि श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार जेठ १७ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ३० बजे

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न