आन्तरिकतर्फ आज ४१ उद्धार उडान « Khabarhub

आन्तरिकतर्फ आज ४१ उद्धार उडान


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ ।

यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेलिकोप्टर कम्पनीले ४१ उडान गरेका छन् ।

यी उडानबाट १७८ यात्रुले सेवा लिएका छन् । विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार सबै उडान पर्वतारोहणमा जानेका लागि उद्धार उडान तथा कार्गो उडानको हो ।

वसन्त यामको हिमाल आरोहण चलिरहेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी गन्तव्यमा जान पनि अहिले धेरै हेलिकोप्टरको उडान छ । सबैभन्दा बढी लुक्लामा हेलिकोप्टर उडान भइरहेको छ ।

आज यती एयरलाइन्सको दुई, समिट एयरको दुई र सीता एयरको एक उडान भएको छ । त्यसैगरी हेलिकोप्टरतर्फ अल्टिच्युट एयर, सिम्रिक एयर र प्रमु हेलिकोप्टरले समान ६ उडान गरेका छन् ।

कैलाश हेलिकोप्टर र मनाङ एयरले समान पाँच तथा हेली एभरेष्ट, माउन्टेन हेलिकोप्टरले समान दुई उडान गरेका छन् । मनाङ एयरले तीन र एयर डाइनेस्टिले एक उडान गरेको विमानस्थलले जनाएको छ । यसअघि मङगलबार आन्तरिकतर्फ हेलिकोप्टरको २३ तथा नेपाल एयरलाइन्सको एक र बुद्ध एयरको दुई उडान भएको थियो ।

अन्तरराष्ट्रियतर्फ आगमन र प्रस्थान दुबैगरी ४३ उडान भएको विमानस्थलले जारी गरेको उडान विवरणमा उल्लेख छ । त्यसअघि वैशाख २० गते विभिन्न एयरलाइन्सका ४१ उडानमार्फत सात हजार २२५ यात्रुले सेवा लिएका थिए ।

अन्तरराष्ट्रिय उडान २३ गते रातिदेखि स्थगित हुनेछ । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : १५ बजे

अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति

मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा

काठमाडौं– नेपालको विद्युतीय सवारी बजारमा प्रोटोन विजेता ई.एमएएस-५ नेपालमा छिट्टै

चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, नौ जना बेपत्ता

एजेन्सी– दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच