स्वादिष्ट काउली मंचुरियन बनाउने तरिका « Khabarhub

स्वादिष्ट काउली मंचुरियन बनाउने तरिका


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो सानो पीसमा काटेको काउली, १०० ग्राम मैदा, आधा चम्चा नुन, ५० ग्राम कर्नफ्लोर पाउडर, १ चुट्की अजिनोमोटो, १ चम्चा खोर्सानीको धुलो, १/१ चम्चा जिरा, धनियाँको धुलो, आधा चम्चा बेसार र तार्नको लागि पुग्ने तेल ।

ग्रेबी सस बनाउने सामग्री :

१०० ग्रम सुकेको प्याज, १ मुठा हरियो प्याज मसिनो गरी काटेको (भए मिक्सचरमा पिसेको) १/१ चम्चा अदुवा लसुनको पेष्ट, १ चौथाई चिया चम्चा मरिचको धुलो, १ चुट्की अजिनोमोटो, १ चम्चा चिनी, १ चम्चा भेजिटेबल स्टाक, २ चम्चा सोयासस, १ चम्चा कर्नफ्लोर, २ चम्चा तेल, नुन इच्छानुसार, हरियो धनियाँ ।

बनाउने तरिका :

काउलीलाई धोएर उमालेको पानीमा नुन र अजिनोमोटो राखी १० मिनेट जति छोपी राख्नु र अन्य सामग्रीलाई एक बलमा राम्रोसँग फिटी लेजम बनाउनु । अब काउलीको पानी निचोरी एक एक गरी तेलमा गोल्डेन कलर गरी फ्राई गर्नु । अर्को भाँडोमा २ चम्चा तेल तताई प्याज, लसुन, अदुवाहरू राखी चलाउनु साथै भेजिटेबल, स्टक सोयासस, चिनी नुन अजिनोमोटो राखी ५, ६ मिनेट जति पकाउनु, आधा कप पानीमा कर्नफ्लोर घोली त्यसैमा राखी पुनः ३/४ मिनेट जति पकाउनु । अब फ्राई गरेको काउली पकौडा राखी हरियो धनियाँ छरी ताततातै सर्ब गर्नुहोस् ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ५ : ५० बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा