नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, आजै तल्ला कमिटीका पदाधिकारीसँग छलफल हुँदै | Khabarhub Khabarhub

नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, आजै तल्ला कमिटीका पदाधिकारीसँग छलफल हुँदै


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेको साधारण सदस्य समेत नरहने गरि निकालिएका वरिष्ठ नेता माधव कुमार नेपालले आज आफू पक्षीय स्थायी कमिटी बैठक डाकेका छन् ।

दिउँसो १ बजे डाकिएको बैठकमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूबाट आएको सुझावमा छलफल गरेर आगामी रणनीति तय हुने नेपाल-खनाल पक्षका नेता डा.वेदुराम भुषालले जानकारी दिए ।

नेपाल-खनाल समूहका केन्द्रीय सदस्यले बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट सम्भव भएसम्म निश्चित समय तोकेर पार्टी एकतालाई अघि बढाउन सुझाव दिएका थिए । निश्चित समयमा पनि पार्टी एक नभए वारपार गरेर अघि बढ्न उनीहरुले नेतृत्वलाई दबाब दिएका छन् ।

आजै नेता नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग पनि छलफल गर्दैछन् । उनले भर्चुअलमाध्यमबाट जिल्ला कमिटीका पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् । एमालेबाट निकालिएका नेपालसहितका केही पदाधिकारीहरु नयाँ पार्टी खोल्नु पर्ने बताइरहेका छन् ।

तर, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई संस्थापन पक्षसँग एकताका लागि वार्तामा रहेकाले सम्भव भएसम्म एकता गरेर अघि बढ्नु पर्नेमा छन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ९ : ०८ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।