नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, आजै तल्ला कमिटीका पदाधिकारीसँग छलफल हुँदै « Khabarhub

नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, आजै तल्ला कमिटीका पदाधिकारीसँग छलफल हुँदै


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेको साधारण सदस्य समेत नरहने गरि निकालिएका वरिष्ठ नेता माधव कुमार नेपालले आज आफू पक्षीय स्थायी कमिटी बैठक डाकेका छन् ।

दिउँसो १ बजे डाकिएको बैठकमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूबाट आएको सुझावमा छलफल गरेर आगामी रणनीति तय हुने नेपाल-खनाल पक्षका नेता डा.वेदुराम भुषालले जानकारी दिए ।

नेपाल-खनाल समूहका केन्द्रीय सदस्यले बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट सम्भव भएसम्म निश्चित समय तोकेर पार्टी एकतालाई अघि बढाउन सुझाव दिएका थिए । निश्चित समयमा पनि पार्टी एक नभए वारपार गरेर अघि बढ्न उनीहरुले नेतृत्वलाई दबाब दिएका छन् ।

आजै नेता नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग पनि छलफल गर्दैछन् । उनले भर्चुअलमाध्यमबाट जिल्ला कमिटीका पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् । एमालेबाट निकालिएका नेपालसहितका केही पदाधिकारीहरु नयाँ पार्टी खोल्नु पर्ने बताइरहेका छन् ।

तर, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई संस्थापन पक्षसँग एकताका लागि वार्तामा रहेकाले सम्भव भएसम्म एकता गरेर अघि बढ्नु पर्नेमा छन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ९ : ०८ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति