विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यस्ता छन् घर पुग्नअघि पालना गर्नुपर्ने मापदण्ड | Khabarhub Khabarhub

विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यस्ता छन् घर पुग्नअघि पालना गर्नुपर्ने मापदण्ड


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– के तपाईँ कोरोना भाइरस संक्रमण (कोभिड–१९)को महामारीको यो समयमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ भने तपाईंले नेपाल सरकारले तोकेका केही मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ ।

नेपाल सरकार कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ।

अहिले सरकारले चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो। ती देशबाट आउँदा नेपालीहरुले विभिन्न मापदण्डको पालना गर्नुपर्नेछ। यसबाहेक जुनसुकै देशबाट नेपाल आएपनि तोकिएको मापदण्ड पुरा गर्नुपर्ने छ ।

विदेशबाट आउनेले के गर्ने ?

तपाईं विदेशबाट नेपाल आउँदै हुनुहुन्छ भने तपाईंले एउटा फारम भर्नुपर्ने हुन्छ । तपाईले भर्ने फारममा विभिन्न मापदण्डहरु राखिएका छन् । फारममा तपाईंको व्यक्तिगत विवरण, पारिवारीक विवरण, यात्राको विवरण, हाल रहेको देशको विवरण, नेपाल फर्किएपछिको भावि योजना, स्वास्थ्य विवरणलगायत सोधिएको हुन्छ । त्यो सबै तपाईंले भर्नुपर्छ ।

तपाई जुनसुकै देशबाट नेपाल आएपनि १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइन वस्नु पर्ने हुन्छ । क्वारेन्टाइन कहाँ बस्ने भनेर तपाईंलाई ‘अप्सन’ दिइएको छ ।

पहिलो, तपाईं आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न सक्नुहुन्छ । जसका लागि तपाईंले फारममै दिएको अप्सन अनुसार तपाई कुन होटल क्वारेन्टाइन बस्ने उल्लेख गर्नुपर्छ । दोस्रो स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा पनि बस्न सक्नुहुने छ । तेस्रो तपाई होम क्वारेन्टाइनमा पनि बस्न सक्नुहुने छ तर यसका तपाईंको पिसिआर नेगेटीभ प्रमाणित हुनुपर्छ ।

फारम भर्नको लागि यहाँ क्लिक गर्नुहोला

फार कसरी भर्ने ?

– गुगल क्रोम (Google Chorme) वा फायरफक्स (Firefox) Web Browser बाट फारम भर्नुहोला ।

– फारम भर्दा कुनै दुविधा भएमा Correction Support मा गई सही इमेल, राहदानी नं। आदि मागिएको विवरण राखी खुलस्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोला ।

– रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोला । सही विवरण उपलब्ध भएपश्चात मात्र उक्त इमेलमा थप जानकारी पठाइनेछ ।

– फारम भरिसकेपछिको तपाइँको System Generated Bar Code को  Screenshot (Win + PrtSc) गरी वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।

– यदी पहिला नै यो फारम भरिसकेको भए फेरी दोहोराएर नभर्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्यावधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोला ।

– Flight बाट आगमन हुने यात्रुहरूको हकमा फारम भर्दा Flight Confirm भई PCR Report प्राप्त भइसकेपछि मात्र भर्दा उपयुक्त हुने ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ९ : ३५ बजे

राजनीति नाफा-घाटाको व्यापार होइन : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनतालाई न्याय, शान्ति र

संसद्‌मा राप्रपाको नारा- भ्रष्टाचारी सरकार मुर्दावाद !

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद रोशन कार्कीले संसद्मा सरकारलाई

झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए

झापा- झापा गाउँपालिका–१, लसुनामा एकजना पुरुषको शव रुखमा बाँधिएको अवस्थामा

सिराहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

सिराहा– यहाँको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक