अपहरण लगत्तै बालिकाको उद्धार, एकजना पक्राउ « Khabarhub

अपहरण लगत्तै बालिकाको उद्धार, एकजना पक्राउ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ ।

राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ ।

पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएकी छन् । राजविराजस्थित घरबाट आरोपितले ललाई फकाई झुक्यानमा पारी छलकपट गरी नियन्त्रणमा राखी अपहरण गरेको पीडितले बयान दिएका छन् ।

पीडित बालिकाका अनुसार आमाबुबा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको अपाची मोटरसाइकलमा आएका आरोपितले बुबाको साथी भन्दै बालिकालाई लगेका थिए ।

आँगनमा निकै बेर बृद्ध हजुरबुबा, हजुरआमासँग कुरा गरेका आरोपितले आफ्नो बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएर झुक्याई लगेको बालिकाले बताइन् ।

बुद्धा हजुरआमाले छोराको साथी भनेर आरोपितले झुक्यानमा पारेको र विश्वासमा परेर बालबालिकालाई पठाएको बताइन् । पीडितका बुबाआमा घर आएपछि सोधखोज गर्दा छोराले कुनै साथीलाई लिन नपठाएको भनेपछि तत्कालै प्रहरीमा जानकारी गराउँदा र प्रहरी पनि सक्रिय हुँदा आरोपित पक्राउ परेको उनले बताइन् ।

बालिकाका १६ वर्षीय दाजुलाई राजविराज –३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि ओरालेर बस्दै गर्न भनेपछि दाजुले शंका गरी प्रहरी र आमालाई घटनाबारे जानकारी गराएका थिए ।

प्रहरीलाई खबर गरेलगत्तै सक्रिय बनेको प्रहरीले चारैतिर नाकामा कडाइ गरी चेकजाँच गर्दा आरोपित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

आरोपित नवीन यसअघि मानव बेचविखन, गर्भपतन, हत्या, कुटपिट, लुटपिट, लागू औषध ओसारपसार, अपहरण,चोरी लगायतका आपराधिक घटनामा संलग्न रहेको स्थानीयवासी बताउँछन् । -रासस

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ११ : १५ बजे

प्रभु बैंकले लम्साललाई तोक्यो निमित्त प्रमुख 

काठमाडौं– प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी निरज लम्सालले पाएका छन्

मेयर बालेनका पिताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता रामनारायण

दश दिनमा केन्द्रले बुझायो ३ हजार ८२ थान लाइसेन्स

काठमाडौं– सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाईको जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले

‘ओली एमालेका ब्रान्ड हुन्, जबजको उत्तराधिकारी परिवारका सदस्य हुँदैनन्’

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा‌

सञ्चारमन्त्रीको सम्पदायात्रा : अरनिको जन्मस्थलको प्रवर्धनमा जोड

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको नाम उच्च