कोरोनाको तेस्रो र चौथो लहरले धेरै बालबालिका प्रभावित हुने सरकारी आँकलन | Khabarhub Khabarhub

कोरोनाको तेस्रो र चौथो लहरले धेरै बालबालिका प्रभावित हुने सरकारी आँकलन


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित हुने भन्दै स्वास्थ्य संस्थामा तयार रहेका आइसोलेसनमा रहेका शय्याको २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्टाउन र अन्य तयारी गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

जिल्लामा रहेको एक मात्र अस्पताल धौलागिरि अस्पतालमा तेस्रो लहरसँग जुध्न पूर्वाधारको अभाव छ । अस्पतालमा बालबालिकाका लागि आवश्यक सघन उपचार कक्ष (एनआइसियु र पिआइसियु) छैन् । ‘बालबालिकाका लागि भनेर छुट्टै व्यवस्था केही पनि छैन्’ अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले भने, ‘अहिले पनि शङ्कास्पद बिरामीको जाँच र उपचार वयस्कहरुको जस्तै गरेर गरिरहेका छौँ, फर्काएका छैनौँ ।’ बच्चाको लागि आवश्यक पूर्वाधारको तयारीमा लागेको उनले बताए ।

एक महिनाभन्दा कम उमेरका बालबालिकाका लागि अन्य समयमा समेत आवश्यक पर्ने एनआइसियु स्थापनाका लागि पटक–पटक आग्रह गरिएको भएपनि अहिलेसम्म सङ्घीय र प्रदेश सरकारबाट सम्बोधन हुन नसकेको उनको गुनासो छ ।

‘२० प्रतिशत शैय्याको विषयमा हामी छलफलमै छौँ, तयारी केही भैसकेको छैन्’, उनले भने ‘पूर्वतयारीमा लाग्ने निर्देशन छ सोही अनुसार काम हुन्छन् ।’

अस्पतालमा दाताहरुले बालबालिका लागि आवश्यक सघन उपचार कक्षको स्थापनामा चासो देखाएको उनले बताए । दाताको सहयोग लिएर व्यवस्थापनमा लाग्ने अस्पतालको तयारी छ ।

स्वास्थ्य कार्यालय बागलुङले भने सबै बर्थिङ सेन्टर, स्वास्थ्य संस्था र अस्थायी कोभिड अस्पताललाई दोस्रो र तेस्रो लहरका लागि तयार राख्ने प्रयास थालेको छ ।

‘बच्चा प्रभावित हुने भाइरसले बर्थिङ सेन्टरमा सबैभन्दा ठूलो प्रभाव राख्छ’, कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘हामीले छलफल चलाउँछौँ र निर्देशनअनुसार तयारी हुन्छ ।’

घिमिरेका अनुसार बालबालिकाको अक्सिजनको मात्र नाप्ने यन्त्र, मास्क, र अस्पतालहरुमा अनुगमन गर्ने विधिको अभाव छ । वयस्कहरुका लागि प्रयोग हुने स्रोत साधनले बालबालिकाका लागि नहुने कार्यालयको आँकलन छ । बागलुङमा निसीखोला, बरेङ, ताराखोला र काठेखोला गाउँपालिकामा अस्थायी कोभिड अस्पताल बनाइएको छ । ती अस्पतालहरुमा पनि बालबालिकाका लागि शय्या भने छुट्टाएका छैनन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १ : ०१ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले