मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना४त १६८२ नंको ट्र्याक्टरमा पूर्व दिशाबाट आएको रा६प २८६३ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको बताइएको छ ।

मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  २ : ३७ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्