सीमा नाकामा हेल्थडेस्कको संरचना बनाइने « Khabarhub

सीमा नाकामा हेल्थडेस्कको संरचना बनाइने


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ ।

विश्व आप्रवास सङ्गठन (आइओएम)ले बिहीबार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा अमृत सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ ।

विश्व आप्रवास सङ्गठन (आइओएम)ले गत बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा अमृत पोखरेलले जानकारी दिए ।

उनले सबै स्थल सीमा नाका र त्रिभुवन विमानस्थलको हवाई नाकामा आवागमन गर्नेहरुको अनिवार्य स्वास्थ्य जाँच गरी रेपिड डाइग्नोस्टिक टेस्ट (एन्टिजेन) विधिबाट कोभिड–१९ को परीक्षण भइरहेको बताए । उनले काँकडभिट्टा नाकामा हेल्थ डेस्कका लागि कोभिड डेडिकेटेड एम्बुलेन्स सेवा र सुविधासम्पन्न भवनको खाँचो औंल्याए ।

उनका अनुसार हेल्थडेस्क भवन निर्माणका लागि सरकारले रु ५० लाख बजेट छुट्याएको छ । ‘२१ औं शताब्दीमा नयाँ नयाँ रोगहरु आउँछन्, पुराना रोगहरु पनि फर्केर आइरहेका छन्,’ डा पोखरेलले भने, ‘कोभिडले पनि छिटै छोडिहाल्ला भन्ने देखिदैन । कोभिडसँगै जिउने कला हामीले सिक्न जरुरी छ ।’

स्रोत साधनको कमीले नाकाको व्यवस्थापन फितलो भए तापनि हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीले जोखिम मोलेर कोभिड नियन्त्रणमा महत्वपूर्ण योगदान दिइरहेको उनको भनाइ छ ।

महाशाखाको टोलीले काँकडभिट्टा र पशुपतिनगर नाकाको निरीक्षण गरेको जनाएको छ । उनले समुदायले स्वास्थ्य मापदण्डको पालना नगरे आउँदो कात्तिकतिर कोभिड सङ्क्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिए ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ३ : २० बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले