‘नागिन ३’ अभिनेता पर्ल पक्राउ « Khabarhub

‘नागिन ३’ अभिनेता पर्ल पक्राउ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउडलाइफ)– भारतीय टेलिभिजन जगतका कलाकारका लागि केही दिन यता निकै खराब साबित हुँदै गएको छ । टेलिफिल्म ‘ये रिश्ता क्या कहलाता है’ अभिनेता करण मेहरालाई उनकी पत्नी निशा रावलले घरेलू हिंसाको आरोप लगाएपछि मुम्बई प्रहरीले पक्राउ गरेको थियो ।

यो घटना सेलाउन नपाउदै मुम्बई प्रहरीले नै ‘नागिन ३’ अभिनेता पर्ल वी पुरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ । गए राती प्रहरीले उनलाई पक्राउ गरेको हो ।

‘ब्रह्मराक्षस २’का अभिनेतासमेत रहेका पर्ललाई एक महिलाले बलात्कार तथा दुव्र्यवहारको आरोप लगाएकी थिइन् । पर्लविरुद्ध ती महिला र उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

हाल पर्ल जेलमा छन् । यो मुद्दाको विषयमा अन्य कुनै जानकारी बाहिर आएको छैन । पर्लले पनि यो विषयमा केही बोलेका छैनन् ।

पर्लको नाम टेलिभिजन अभिनेत्री करिश्मा तन्नासँग जोडिएको थियो । उनीहरु डेटमा थिए । तर सम्बन्ध बिग्रिएपछि उनीहरु अहिले एकापसमा राम्रो साथी भनी व्याख्या गर्छन् ।

पर्लले केही महिना अघि मात्र कोरोना भाइरसका कारण पिता गुमाएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ३ : ०५ बजे

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र