७१ वर्षीया साराको मोडलिङ सक्रियता « Khabarhub

७१ वर्षीया साराको मोडलिङ सक्रियता


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी(आजतक)– उमेर केवल एउटा अंक मात्र हो । यो भनाई हालै एक ७१ वर्षीया मोडलले मोडलिङ मञ्चमा साबित गरेकी छन् । सारा ग्राण्ट नामकी यी मोडलले अष्ट्रेलियन फेसन विकमा आफ्नो रनवे डेब्यू गरिन् ।

बिहीबार आयोजित यो फेसन विकमा जब सारा स्विमसुटमा र्‍याम्पमा देखिइन् । सबैको नजर उनीतिरै मोडियो । उनले कालो स्कूप–नेक स्विमसुट लगाएकी थिइन् । स्विमसुट माथि फ्लोरल प्रिन्टेड ओवर सर्ट थियो ।

सिड्नीको केरिजवक्समा भएको यो फेशन विकमा साराले उमेरसँग जोडिएका सबै भ्रमलाई तोडेर आफूलाई एक मिसाइलका रुपमा प्रस्तुत गरेकी थिइन् ।

‘वृद्ध महिलाहरुका लागि एक परिपक्क व्यक्तिको जस्तै आउटफिट लगाउन मनलाग्छ । स्विमसुट लगाउनु मेरा लागि कुनै ठूलो समस्याको कुरा थिएन । किनकी ७० आजको नयाँ ५० सरह हो । हामी सबै स्वस्थ छौं । त्यहीकारण बढी समय बाचिरहेका छौं । तपाईंले एउटा मात्र शरीर पाउनुभएको छ । त्यसमा गर्व गर्नुपर्छ । कुनै आकार, तौल र उमेर भन्दा पनि अरुलाई सशक्त बनाउन काम गर्नुपर्छ’, उनले भनेकी छन् ।

उनी अहिले अन्तर्राष्ट्रिय अनुभवी मोडल बनेकी छन् । उनले १६ वर्षको उमेरमा आफ्नो पहिलो र्‍याम्पवक गरेकी थिइन् । यो र्‍याम्पवक साराले न्यूजिल्याण्डमा पाइरी कार्डिनका लागि गरेकी थिइन् ।

‘म एक ड्रेस रिहल्सल हेर्न गएको थिएँ । उनीहरुले मलाई कुनै पनि हालतमा शोमा सहभागिता जनाउने निर्णय लिए किनकी म अन्य युवतीभन्दा अग्ली थिएँ’, पहिलो मोडलिङ अनुभव उनले सम्झिएकी छन् ।

उनको चर्चा एंटीपोड्सदेखि यूरोप र अमेरिकासम्म छ । उनले पेरिस, इटली र लण्डनमा वोगका लागि मोडलिङ गरेकी छन् । अष्ट्रेलिया आउनुअघि सारो पेरिस, मिलान र लण्डनमा भेलेन्टिनो, कार्ल लेजरफेल्ड र जान्द्रा रोडेज जस्ता ब्राण्डका लागि क्याटवक गरिसकेकी छन् । ७० को दशकमा उनी प्लेब्वाय म्यागजिनको कभरमा पनि आइसकेकी छन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ४ : ४० बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७