काठमाडौँ– अस्ट्रेलिया सरकारले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लडाइँका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
अष्ट्रेलियन सेनाको विशेष विमानले काठमाडौँ लिएर आएको उक्त सहयोग सामग्री नेपालका लागि अष्ट्रेलियका राजदूत फेलिसिटी भल्कले नेपाल सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा सेनालाई उक्त सहयोग हस्तान्त्रण गरिएको हो । उक्त सहयोग सामग्री शनिबार काठमाडौं आइपुगेको हो । बलाधिकृत रथी शर्माले अस्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे ।
यस्तै राजदूत भल्कले पनि कोभिड-१९ महामारीमा अग्रपङ्क्तिमा कार्यरत नेपाली सेनालाई वेष्टर्न अस्ट्रेलिया सरकारले प्रदान गरेको १८ लाख डलरको सामाग्रीहरु हस्तान्तरण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन् । साथै उनले अस्ट्रेलियाली वायुसेनालाई सहयोग सामाग्री दक्षिण एसियामा ल्याईदिएकोमा धन्यबाद दिएकी छन् ।
कोभिड-१९ माहामारीमा अग्रपङ्क्तिमा कार्यरत नेपाली सेनालाई वेष्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको १८ लाख डलरको सामाग्रीहरु बलाधिकृत रथी श्री प्रभुराम शर्माज्यू लाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ। अष्ट्रेलियाली वायुसेनालाई सामाग्री दक्षिण एसियामा ल्याईदिएकोमा धन्यबाद। pic.twitter.com/e4JwvMDsdE
— Felicity Volk (@AusAmbNP) June 5, 2021
A special aircraft of the Australian Defence Force carrying Covid-related essential medical supplies reached today consisting of masks, gloves and coveralls. The consignment was handed over to senior Nepal Army officials at TIA. 🇳🇵sincerely thanks 🇦🇺 for this support. @PaudyalBR pic.twitter.com/Rppoytg9Zb
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) June 5, 2021
प्रतिक्रिया