अस्ट्रेलियाले नेपाली सेनालाई दियो १८ लाख डलर बराबरको स्वास्थ्य सामग्री « Khabarhub

अस्ट्रेलियाले नेपाली सेनालाई दियो १८ लाख डलर बराबरको स्वास्थ्य सामग्री


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलिया सरकारले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लडाइँका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

अष्ट्रेलियन सेनाको विशेष विमानले काठमाडौँ लिएर आएको उक्त सहयोग सामग्री नेपालका लागि अष्ट्रेलियका राजदूत फेलिसिटी भल्कले नेपाल सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा सेनालाई उक्त सहयोग हस्तान्त्रण गरिएको हो । उक्त सहयोग सामग्री शनिबार काठमाडौं आइपुगेको हो । बलाधिकृत रथी शर्माले अस्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे ।

यस्तै राजदूत भल्कले पनि कोभिड-१९ महामारीमा अग्रपङ्क्तिमा कार्यरत नेपाली सेनालाई वेष्टर्न अस्ट्रेलिया सरकारले प्रदान गरेको १८ लाख डलरको सामाग्रीहरु हस्तान्तरण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन् । साथै उनले अस्ट्रेलियाली वायुसेनालाई सहयोग सामाग्री दक्षिण एसियामा ल्याईदिएकोमा धन्यबाद दिएकी छन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ५ : ४४ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ