‘बिग बोस १५’ मा ‘तेरे नाम’की भूमिका « Khabarhub

‘बिग बोस १५’ मा ‘तेरे नाम’की भूमिका


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– टेलिभिजनको विवादित शो ‘बिग बोस’को नयाँ सिजन फ्यानका लागि प्रतिक्षाको विषय बनेको छ । यो शोका लागि प्रतिष्पर्धीको नाम सार्वजनिक हुन थालिसकेको छ ।

१५ औं संस्करणको नयाँ सिजनका लागि अभिनेता सलमान खानकी ‘तेरे नाम’ अभिनेत्री भूमिका चावलाको नाम यतिखेर चर्चामा छ ।

शोका निर्माताहरु नयाँ सिजनमा भूमिकालाई भित्र्याउनका लागि निकै इच्छुक छन् । सिजनका लागि भूमिकालाई प्रस्ताव गरिएको छ । हाल उनीहरुबीच कुराकानी भइरहेको छ ।

भूमिकाका अलावा बलिउडका कैयौं अनुहारलाई पनि प्रस्ताव गरिएको छ । फिल्म ‘तेरे नाम’मा सलमानसँग भूमिकाको केमेष्ट्रीलाई निकै रुचाइएको थियो । फिल्म बक्सअफिसमा हिट साबित भएको थियो ।

तर भूमिकाको करियर बलिउडमा लामो समयसम्म चल्न पाएन । यसपछि भूमिकाले दक्षिण भारतीय फिल्ममा पाइला चालिन् । उनी दक्षिण भारतीय फिल्मको सफल अभिनेत्रीमा चिनिन्छिन् ।

भूमिकाले ‘रन’, ‘दिले ने जिसे अपना कहा’, ‘धोनी बायोपिक’ जस्ता हिन्दी फिल्ममा अभिनय गरेकी छन् । उनी पछिल्लो पटक जी५ को सिरिज ‘भ्रम’मा देखिएकी थिइन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै